बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फिर्ता

काठमाडाैं । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ ।

यसै क्रममा शुक्रबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्कनुभएको छ । उहाँलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

त्यस्तै शुक्रबार नै थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ पनि स्वदेश फर्कनुभयो । उहाँलाइ पनि परराष्ट्रमन्त्री ज्ञवालीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति बिशिष्ट कक्षमा विदाई गर्नुभयो ।

यस्तै, भुटानको अन्तरिम सरकार सल्लहाकार छिरिङ वाङचुक शनिबार स्वदेश फर्कने क्रार्यक्रम छ । त्यसैगरी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार लुम्बिनी जाने र आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फिर्ता"

Leave a comment