१५ वर्षिय किशाेरीलार्इ मध्यरात ३ घण्टा नियन्त्रणमा लिएर सामूहिक बलात्कार

कञ्चनपुर । कञ्चनपुरकी एक किशोरीमाथी फेरि सामुहिक बलात्कार भएको छ । गएराती कञ्चनपुरको बेल्डाँडी गाउँपालिका १ बस्ने १५ बर्षिय एक किशोरी माथी सामुहिक बलात्कार भएको हो ।

पुजाको मौकाछोपी घरमा अाएका ४ युवकले युवतीलाई घरबाट झण्डै ३ किलोमिटर दुरी टाढा लगेर सामुहिक बलात्कार गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्र बहादुर बमले बालिकाको घरमा पुजा चलिरहेका बेला मोटरसाईकलमा गएका ४ युवकले फोन गरेर बालिकालाई सडकमा बोलाएर बलात्कार गरेको बताए ।

सडकमा पुगेकी ति बालिकालाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ति युवकहरुले घरदेखि अर्को गाँउ जब्दा भन्ने ठाँउमा गरेर सामुहिक बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् । बलात्कार गर्ने बेल्डाँडी कै स्थानिय जनक खड्का र भानु बिष्ट लाई मात्र बालिकाले चिनिन् भने बाँकी २ जनालाई चिन्न नसकेको पिडीत बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरी निरिक्षक बमले बताए ।

‘बलात्कार गरेर चारै युवक भागे, बालिकाको दुई युवकसंग चिनजान थियो, ‘बालिकालाई उदृत गर्दै बेल्डाँडी प्रमुख बमले भने, ‘पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार घटनामा संलग्न चारै जना युवक फरार छन् ।’ फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको मेडिकलका लागी महाकाली अञ्चल अस्पतालमा पठाइएकाे प्रहरीको भनाई छ । ‘बालिका सुरक्षित छिन्, ‘बेल्डाँडी प्रहरी प्रमुख बमले भने ।

बालिकाका परिवारले राती १ बजेपछि बालिका हराएपछि उनको खोजीका लागि घरदेखि हिंडेका थिए । राती झण्डै तीन घण्टासम्म बालिकालाई युवकले आफ्नै नियन्त्रणमा लिए । परिवारले घटना स्थल क्षेत्रमै बालिका फेला पारेपछि प्रहरीलाई खबर गरे । प्रहरीलाई खबर हुनासाथ प्रहरी घटना स्थलतिर गयो । ति बालिकाको उद्दार भयो । कञ्चनपुर प्रहरीले ति बालिकामाथी भएको घटनाको विस्तृत अध्ययन भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१५ वर्षिय किशाेरीलार्इ मध्यरात ३ घण्टा नियन्त्रणमा लिएर सामूहिक बलात्कार"

Leave a comment