रहेनन् गायक तथा नाट्यकर्मी रिमाल

काठमाडौं । वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षकाे उमेरमा निधन भएको छ । बिहिबार राति आफ्नै निवास बानेश्वर हाइटमा रिमालकाे निधन भएको हाे ।

लामाे समयदेखि अस्वस्थ रहेका रिमाल घरमै निस्कृय जीवन बितार्इ रहेका थिए ।‘फगत एक नजरमा कसैले लियो मन’ रिमालकाे चर्चित मध्येकाे गीत हुन् । कलाकारहरूले  रिमाललाई रेडियो नेपालको पहिलो गायक भनेर सम्मान गर्ने गरेका छन् । नेपाली रङ्गमञ्चमा गायक,नाटककार तथा निर्देशकका रूपमा रिमालकाे विशिष्ठ सम्मान रहेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रहेनन् गायक तथा नाट्यकर्मी रिमाल"

Leave a comment