राष्ट्रियसभा बैठकःतीन विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने

file photo

काठमाडाैं । राष्ट्रियसभाले तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने भएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा लैजाने प्रस्ताव पेश गर्नु भएको थियो ।

त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नु भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भदौं १२ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "राष्ट्रियसभा बैठकःतीन विधेयक विधायन व्यवस्थापन समितिमा पठाइने"

Leave a comment