पहिरोले डोल्पामा दुई घर पुरिए 

डोल्पा, भदौ ५ । अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ ।

मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पहिरोले डोल्पामा दुई घर पुरिए "

Leave a comment