डा.युवराज संग्राैलाकाे बिचारमा बलात्कार घटना यसरी हुन्छन्, याे हाे समाधान

बलात्कारका घटनाको प्रतिरोधमा नेपाली समाज अहिले तातेको छ। तर विश्वभरि स्थापित तथ्य के हो भने कडा सजायले यस अपराधको निर्मुलन भएको छैन। त्यसैले जसरी अहिले आन्दोलन भैरहेको छ,त्यसले समाधान निकाल्दैन।

१. सबै भन्दा कडा कानुन बलात्कारको बारेमा अमेरिकामा छ। तर सबै भन्दा बढी बलात्कारका अपराध अमेरिकामा हुन्छ्न। अमेरिकी समाज सबै भन्दा मनोबैज्ञानिक रुपमा बिभाजित समाज हो। बिभाजित समाजमा मानिसहरुमा सद्भाव खलबलिन्छ र वैमनस्यता बढ्छ। यस्ता समाजमा यौनजन्य सन्तुष्टिका लागि भन्दा सामाजिक तथा अन्य बिभाजित वैमनस्यका कारणले कमजोर माहिलाहरु बलात्कारका सिकार हुन्छ्न।

२. एक बर्ष अगाडि मेरी छोरी युगिच्छा र मैले नेपालमा बलात्कारका अपराधका बारेमा बृहत अध्यन गर्यौं। अधिकांस अपराधका पछाडि मुद्धा, झगडा, रिसइबी जस्ता कारणहरु छ्न। यस अपराधका कारण ज्यान अपराधका जस्तै छ्न। गैर सरकारी संस्थाले यस अध्यनप्रति चासो देखाएनन। किनकि उनिहरुको चाहान समस्या समाधान भन्दा सेलिब्रेटी बन्ने प्रवृत्तिबाट प्रेरित छ।

३. जब समाज अराजक हुन्छ तेस्ले एकातिर मानिसमा डर र निराशा पैदा गर्छ। अर्काेतिर अपराधिक प्रवृत्ति सिर्जना गर्द्छ। निराश र अपराधिक समाजमा मानिस पिडक बन्छ अर्थात सेडिस्ट बन्छ। बलात्कार सेडिजम प्रकट गर्ने घिनलग्दो माध्याम हो। तेसैले सबै बलात्कारका घटनालाई यौनजन्य देखाइ लैङ्गिक बिरोधाभाष बढाउने कुरालाइ प्राथमिकता नदिनु राम्रो हुन्छ। कन्चनपुरको बलात्कारको घटना यौनजन्य भन्दा गम्भीर अपराधिक देखिन्छ। यस्तो अवस्थामा लुगा खोलेर बिरोध गर्नुमात्रै सहि बाटो होइन होला।

४. अमेरिकामा प्रती ९८ सेकेन्डमा एउटा लैङ्गिक घट्ना हुन्छ। सजायको कठोरता समाधान होइन, यसैबाट देखिन्छ।

५. नेपाली समाजको अग्रगमनलाई अबरोध गर्न पनि महिलामाथि बलात्कारका घट्ना बढेको हुन सक्छ। यस्तो कोसोभो, क्रोयसियामा व्यापक भएको थियो। नेपाल बिदेशीको खेलको शिकार भएको छ। तेसैले बलात्कारलाई टुल बनाई योजनाबद्ध गरिएको हुनसक्छ।

बिचार गरौ।
डा संग्राैलाकाे फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डा.युवराज संग्राैलाकाे बिचारमा बलात्कार घटना यसरी हुन्छन्, याे हाे समाधान"

Leave a comment