जब पूरै समुन्द्र नै रगतले रातो भयो

स्कटल्याण्डबाट ३२१ किलोमिटर उत्तरी भुभागमा रहेको फारो टापुस्थित समुद्र रगतले भरिएको छ । कसरी समुद्रमा त्यति धेरै रगत पोखियो र समुद्रको पानी नै रातो भयो ? यो एउटा विचित्रको रहस्यको कुरा हुनसक्छ ।

रिपोर्ट अनुसार डेनमार्क अधिनस्थ फारो टापुमा रहेको समुद्रमा एकै ठाउँ जम्मा भएका ठूलो संख्याका ह्वेल माछा मारेपछि समुद्रको पानी रगताम्य भएको हो ।

सरकारका अनुसार फारोस्थित आइल्याण्ड अफ वेगरमा गत जुलाई ३० तारखेमा भएको उक्त घटनाको तस्वीर सार्वजनिक भएको हो । पाइलट ह्वेल प्रजातिको ह्वेलमाछा ठूलो संख्यामा मारिएका छन् ।

जनावर सुरक्षा अधिकारीहरुले उक्त दृश्यप्रति आफ्नो आक्रोश व्यक्त गरेका छन् । तस्बिरमा देखिए अनुसार दर्जनौँ ह्वेल माछाहरुलाई एउटा समूहमा खाडीमा जम्मा भएका बेला एउटै झुण्डमा मारिएको छ । ती माछाहरुलाई एकैपटक मारेका कारण नै समुन्द्रको पानी रातो भएको हो ।

उक्त द्वीपसमूहमा हरेक वर्ष गर्मीको समयमा ह्वेलको सिकारका लागि ठूलो संख्यामा मानिसहरु आउने गर्दछन् । ह्वेलको यस्तो दर्दनाक शिकार फारो टापुमा वैध रहेको छ ।

रगताम्य यस समुद्रको तस्वीर सोशल मिडियामा सार्वजनिक भएसँगै तीव्र आलोचना भैरहेको छ । जनावर अधिकारकर्मीहरुले त्यसको विरोध गरिरहेका छन् । बेलायतको एक प्रेशर ग्रुप ब्लू प्लेनेट सोसाइटीले यसको कडा निन्दा गरेको छ ।

प्लेनेट सोसाइटीले फारो टापुलाई क्रुर र अराजक देश घोषणा गरेको छ । यस समूहका अनुसार फारो टापुलाई २१ औँ शताब्दीमा शामिल हुन जरुरी रहेको छ ।

कतिपय संस्थाहरुले यस्तो क्रूर व्यवहार नरोकिएसम्म फारोलाई अन्तर्राष्ट्रिय खेलकुद लगायतका समारोहहरुमा भाग लिनबाट प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

त्यहाँको सरकारका अनुसार यो उनीहरुको जीवनको हिस्सा रहेको छ । उसले दिएको एक बयानमा ह्वेलको शिकार कुनै अनुष्ठाका लागि गरिएको भन्ने आरोपको खण्डन गरेको छ ।

पाइलट ह्वेलको मासु तथा बोसो फारो टापुमा राष्ट्रिय भोजनका रुपमा रहेको छ । उक्त देशमा मानिसहरुले पाइलट ह्वेलको मासु सहजै रुपमा प्राप्त गर्न सक्दछन् । एउटा ह्वेलबाट सयौँ किलो मासु तथा बोसो प्राप्त हुने भएकाले जनतालाई ह्वेलको मासु पर्याप्त रहेको त्यहाँको सरकारले जनाएको छ ।

यस टापुमा तैरिएर आएका ह्वेल तथा डल्फिन हरेक बर्ष हजारौँको संख्यामा मारिने गरिन्छ । यो देश डेनमार्कको हिस्सा हो । तर यसलाई एउटा अलग देशको रुपमा स्वायत्तता मिलेको छ । त्यसैले त्यहाँ डेनमार्क वा ईयूका कुनै पनि नियम कानुन लागू हुदैन । सरकारी आँकडाका अनुसार यस देशको जनसंख्या लगभग ५० हजार रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब पूरै समुन्द्र नै रगतले रातो भयो"

Leave a comment