के प्रियंका चाेपडा सुटुक्क विवाह गर्दै छिन् ! स-परिवार भारत आइपुगे ब्वाइफ्रेण्ड निक

एजेन्सी । बलीउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको इन्गेजमेन्टलाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ । यसैबीच प्रियंकाका ब्वाइफ्रेण्ड आफ्नो पूरै परिवारका साथ भारत आइपुगेका छन् । बिहीबार राती भारतमा ल्याण्ड भएका निकलाई रिसिभ गर्नका लागि प्रियंका चोपडा एयरपोर्ट गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार प्रियंका र निकले इन्गेजमेन्ट गर्नसक्ने र यसैका लागि निक आफ्ना पूरै परिवारका साथ भारत आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपी निक भने पहिलोपटक भारत आएका होइनन । योभन्दा पहिले पनि उनी प्रियंकाका साथ उनकी आमासँग भेट्नका लागि भारत आएका थिए । यसै क्रममा प्रियंकाले निकलाई आफ्ना परिवार, आफन्त र बलीउडका साथिहरुसाग भेटाएको भन्ने खबरहरु आएका थिए ।

२ महिनाको रोमान्सपछि उनीहरुले इन्गेमेन्ट गरेको भन्ने खबरहरु पनि आएका थिए । केही दिन पहिले मात्र प्रियंका चोपडाले पहिलोपटक इनगेजमेन्टको औँठी देखाएकी थिईन् । यसैबीचमा अब दुई परिवारबीच औपचारिक भेटका लागि निकका परिवार भारत आएका छन् ।

प्रियंका चोपडाले १८ अगस्टमा मुम्बईमा आफ्नो इन्गेजमेन्टको पार्टी दिन लागेको नजिकी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले आफ्नो सम्बन्धको आधिकारीक घोषणाका लागि उक्त पार्टीको आयोजना गर्न लागेको बताइएको छ ।

प्रियंका र निकले २०१८ को अक्टोबर महिनामा विवाह गर्न लागेको भन्ने खबर पनि लामो समयदेखि चर्चामा रहेको छ । उनीहरुले गोप्य तरिकाले विवाहको तयारी पनि सुरु गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "के प्रियंका चाेपडा सुटुक्क विवाह गर्दै छिन् ! स-परिवार भारत आइपुगे ब्वाइफ्रेण्ड निक"

Leave a comment