पतिले फोन फुटाइदिएको भन्दै डिभोर्स

पती पत्नीका बीचमा डिभोर्स भएका घटनाहरु त धेरै नै छन् । यसका लागि उनीहरु बीचमा खटपट वा कुनै ठूलो मुद्दा नै हुने गर्दछ । तर डिभोर्सको एउटा अनौठो घटना सार्वजनिक भएको छ । जुन सुन्दा सायद पत्यार नलाग्न सक्छ ।

हाम्रो छिमेकी मुलुक भारत विभिन्न प्रकारका अनौठा र विचित्र घटनाका लागि प्रख्यात रहेको छ । भारतको भोपालमा एउटा यस्तै अनौठो खालको घटना सार्वजनिक भएको छ । जहाँ एक पतीले आफ्नी पत्नीको फोन फुटाएकोमा डिभोर्स चाहियो भन्दै अदालतमा नै मुद्दा दर्ता भएको छ ।

भोपालका एक दम्पत्ति आफ्नो आफ्नो मोबाइल फोनमा घण्टौसम्म व्यस्त रहने गर्दथे । दुवैजना जतिबेला पनि मोबाइलमा नै झुण्डिरहने । भोपालको सर्वधर्म कोलोनीमा रहदै आएका यि विवाहीता जोडीका बीचमा एकदिन यस्तो घटना घट्यो कि, त्यसपछि उनीहरु डिभोर्स गर्ने निर्णयमा पुगे ।

खासमा एकदिन जब पत्नी मोबाइलमा कसैसँग कुरा गरिरहेकी थिईन् तब एक्कासी रिसमा झोँकमा पतिचाहिँले हातमा रहेको मोबाइल खोसेर भुइँमा फालिदिए । त्यतिमात्र होइन उनले पत्नीमाथि हात पनि उठाए । त्यसको लगत्तै पत्नीले पुलिसमा उजुरी गरिन् र त्यहाँबाट यो मुद्दा डिभोर्सको लागि अदालतसम्म पुग्यो ।

पतिले न्यायाधिसलाई बताए कि, उनकी पत्नी घण्टौँसम्म एक नातेदारका साथ फोनमा कुरा गरिरहेकी हुन्छे र रोकतोक गरेमा झगडा गरिहाल्छे । उता पत्निीचाहिँले पनि आरोप लगाईन् कि उनका पति पनि घण्टौँसम्म कुरा गर्ने गर्दछन् र रोकतोक गरेमा उनलाई हातपात पनि गर्ने गर्दछन् । यहीँ कारण उनीहरु एकअर्कासँग डिभोर्स लिन चाहन्छन् ।

यो सबै कुरा थाहा पाएपछि मुद्दा दर्ता भएको अदालतका न्यायाधिसले एउटा जुक्ति निकाले जसका लागि उनले आफ्नो इजलासबाट आदेश जारी गर्दै ती महिला पुरुषलाई लगातार ३ दिनसम्म सँगै अदालत आउन र जानका लागि निर्देशन दिए । न्यायाधिसको आदेश अनुसार तगातार ३ दिनसम्म दुवै सँगै अड्डामा आउने र दिनभर इजलास बाहिर बिहान ११ बजेदेखि ५ बजेसम्म सँगै बस्ने गर्दथे । यो पूरै समयमा उनीहरुका साथमा मोबाइल फोन पनि हुदैनथ्यो ।

हातमा मोबाइल नभएपछि दुईजनाले एक अर्कासँगै बसेर कुराकानी गर्न थाले । उनीहरुबीच यस्तो खुलस्त कुराकानी भयो कि मनमा रहेको शंका तथा रिस सबै साम्य भयो । ३ दिनसम्म लगातार सँगै बसेर कुराकानी गर्दै जाँदा उनीहरु बीच सबै कुरा ठीक भयो र अन्ततः उनीहरुले एकअर्कासँग छुट्टिने कुरा आफ्नो मनबाट नै निकालिदिए र अदालतमा दर्ता गरेको डिभोर्सको निवेदन पनि फिर्ता लिए । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पतिले फोन फुटाइदिएको भन्दै डिभोर्स"

Leave a comment