प्रदेश ७ मा तीस नयाँ पर्यटकिय गन्तब्य पहिचन

भानुभक्त अाचार्य । धनगढी । संघीय सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अभियान स्वरुप सुरु गरेको नयाँ पर्यटकिय गन्तव्यको खोजीमा प्रदेश नम्बर सातका अधिकांस क्षेत्रहरु समेटिनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

सोमबार धनगढीमा नेपाल एसेसियसन आफ टुर एण्ड ट्रावल एजेन्ट प्रदेश नम्बर सात (नाटा)ले आयोजना गरेको छलफल कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रदेश सभा सदस्य, पर्यटन ब्यवसायी, सरोकारवालाहरु सहभागि थिए ।

कार्यक्रममा सहभागि प्रदेशिक मन्त्री,सांसद तथा पर्यटन ब्यवासयीहरुले प्रदेश नम्बर सातका अधिकांस पर्यटकिय क्षेत्रहरुको पहिचान हुनु पर्ने बताएका थिए । बिगतमा केन्द्र सरकारले उपेक्षित गरेको भन्दै सन् २०२० मा पश्चिममा अधिकांस पर्यटक भित्राउने वातावरण सृजना गर्न प्रदेश सरकारसलाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।

‘संघीय सरकारले २०२० मा २० लाख पर्यटन नेपाल भित्राउने अभियान स्वरुप मुलुकभरबाट थप १०० वटा नया पर्यटकिय गन्तब्यको खोजि गरिरहेको छ ’ नाटा सात नम्बर प्रदेशका अध्यक्ष माया प्रकाश भट्टले भने ‘हामी प्रदेश नम्बर सातबाट मात्रै तीस वटा भन्दा बढि पर्यटकिय क्षेत्र समाबेश गराउने योजनामा छौं ।’

२०१५मा संघिय सरकारले १० वटा पर्यटकिय क्षेत्र घोषणा गर्दा प्रदेश नम्बर सातको कुनै पनि नपरेको भन्दै यस पटक त्यस्तो अवस्था सृजना हुन नदिन सरोकारवलाहरुले प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेश नम्बर सातका थुप्रै नँया पर्यटकिय गन्तब्यहरु पहिचान गरि केन्द्र सरकारलाई सिफारिस गरिने बताइन् । प्रदेशमा प्रचुर सम्भावना भएका क्षेत्र छन्, केन्द्रले चिनेन भनेर हामी निराश हुने अवस्था होइन, हामीले केन्द्रलाई चिन्न बाध्य हुने अवस्था सृजना गर्नुपर्छ’ मन्त्री भट्टले बताइन् ।

प्रदेश सभा सदस्यहरुले पर्यटकि क्षेत्रको पहिचान संगै प्रबद्धन र प्रचार प्रसारमा पनि ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका गेल्बुसिंह बोहराले सुगममा भन्दा दुर्गममा रहेका पर्यटकिय क्षेत्रको पहिचान गर्न आग्रह गरे । उनले भने ‘ साबिबको दुई अञ्चल सेती र महाकालीमा प्रादेशिक पर्यटन वोर्ड राखिनु पर्छ ।’

सेतीमा रहेकाले पाँच जिल्ला र महाकालीमा रहेकाले चार जिल्ला हेर्ने गरि पर्यटन बोर्ड स्थापना गरे प्रदेश सातका सबै क्षेत्रका पर्यटकिय क्षेत्रको बिकास हुने उनले बताए। नेपाली काग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेशका पर्यटक विकास नसक्नुको अवस्थाबारे गम्भिर बन्नु पर्ने बताएका थिए ।

बिदेशी पर्यटकलागि हवाइ भाडादर निकै महंगो भएका कारण यहाँ सम्म आउन कठिन भएको उनले बताए । सांसद खड्ले पुराना गन्तब्य संगै नँया गन्तब्यलाई पनि पहिचान गरि प्रचार प्रसार गर्नुपर्ने बताए । छलफल कार्यक्रममा प्रदेशका नया पर्यटकिय क्षेत्रको पहिचान संगै पर्यटन सम्भावनाका सम्भावना र चुनौतिका बिषयमा पनि छलफल भएको थियो । धनगढी बिमान स्थलको स्तरउन्नती गर्नुपर्ने बताएका थिए ।

सोमबार प्रदेश नम्बर सातबाट तीस वटा नयाँ बढि नयाँ पर्यटकिय क्षेत्र सिफारिस गरिएको नाटाका प्रादेशिक अध्यक्ष माया प्रकाश भट्टले बताए । मुलुकभरबाट सिफारिसमा भएका नयाँ पर्यटकिय क्षेत्रहरु मध्य छनोट गर्ने पर्यटन वोर्डले सन् २०२० कालागि गन्तब्य घोषणा गर्ने भएको हो ।त्यसकालागि प्रदेश नम्बर सातको प्रत्येका जिल्लाबाट तीन वटाका दरले गन्तब्यहरुको सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश ७ मा तीस नयाँ पर्यटकिय गन्तब्य पहिचन"

Leave a comment