मृत बच्चा बोकेर १७ दिनसम्म भौतारियो यो ह्वेल

एउटा किलर ह्वेलले आफ्नो मृत नवजात बच्चालाई १७ दिनसम्म आफ्नो साथ राखेको र पछि त्यो बच्चालाई आमाको साथबाट छुट्याइएको छ ।

आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १ हजार माइल अर्थात् १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन् ।

क्यानडाको भ्यान्कुवर टापु पारीको हारो क्षेत्रमा ह्वेलसँग सम्बन्धित एउटा रिसर्च सेन्टर रहेको छ । त्यहाँबाट उक्त ह्वेलको बारेमा निगरानी राखिएको थियो । उक्त ह्वेलले आफ्नो बच्चको मृत्युको पीडामा यति दुःखी भएको थियो कि, त्यस्तो ममतामयी दृश्य पहिलोपटक देखिएको बताइएको छ ।

आफ्नो बच्चाको मृत्युको दुःख मा मृत शरीरलाई ह्वेल माछाहरुले सामान्य रुपमा एक हप्तासम्म मात्र आफूसँगै राख्ने गर्दछन् । तर यो ह्वेल आमाले सबै रेकर्ड तोडिदिएको वैज्ञानिकहरुले बताएका छन् ।

 

जे३५ (J35)नाम दिइएको त्यो आमा ह्वेलले गत पाँचदिनदेखि विश्वको ध्यान आफूतिर खिचिरहेको थियो । ह्वेल अनुसन्धान केन्द्रले विज्ञप्तीमा भनेको छ, ‘समुद्री तटबाट लिइएका टेलिफोटो डिजिटल तस्बिरहरूमा यो आमाको शारीरिक अवस्था निकै राम्रो अवस्थामा रहेको देखिएको छ ।’

आफ्तो मृत बच्चालाई बोकेर अघि बढिरहेको त्यो ह्वेल जुलाई २४ मा पहिलो पटक देखिएको थियो । नवजात बच्चा त्यही दिन मरेको हुन सक्ने ठानिएको छ । ह्वेलको बच्चा मर्नुको कारण भने हालसम्म पनि पत्ता लागेको छैन ।

किलर ह्वेल डल्फिन वर्गको सबैभन्दा ठूलो प्रजाति हो । निकै तेज गतिमा चल्ने यो जातिको ह्वेलले समुद्रमा निकै चलाखीपूर्वक आफ्नो आहारा सिकार गर्दछ । यो पृथ्वीको सबैजसो समुद्रमा पाइन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मृत बच्चा बोकेर १७ दिनसम्म भौतारियो यो ह्वेल"

Leave a comment