कर्तव्य ज्यान मुद्दामा दाेषी ठहर राज्यमन्त्री शर्माले अात्मसमर्पण गरे

जनकपुरधाम । सशस्त्र प्रहरीका असर्इ थमन विककाे हत्या अाराेप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अात्मसमर्पण गरेका छन् ।

एक कानुन व्यावसायी मार्फत निवेदन दिएर शर्माले महाेत्तरी जिल्ला अदालतमा अात्मसर्मपण गरेका हुन् । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा शर्मा दाेषी ठहर भएका थिए ।

मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट २०७२ भदौ २५ गते विककाे हत्या भएकाे थियाे । जिल्ला अदालतकाे अादेश पछि फरार रहेका शर्मालार्इ केही समय अघि प्रदश २ काे सरकारले राज्यमन्त्री बनाएकाे थियाे ।

अाम सञ्चार माध्यममा शर्मा फरार अभियुक्त भएकाे कुरा नलुके पछि अदालतले शर्मालार्इ पक्राउ गर्न अादेश गरेकाे थियाे । शर्माले दिएकाे निवेदनमा पनि  परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कर्तव्य ज्यान मुद्दामा दाेषी ठहर राज्यमन्त्री शर्माले अात्मसमर्पण गरे"

Leave a comment