खहरे खोला नियन्त्रण तटबन्ध निर्माण

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलामा रहेको अमर सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न रु ६० लाखको लागतमा तटबन्ध निर्माण गरेको छ ।

सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो ।
खोलाले गर्दै आएको भूक्षय रोक्नका लागि तटबन्ध निर्माण गरेका छौँ सामुदायिक वनका अध्यक्ष मोहनबहादुर चन्दले भन्नुभयो, “जसबाट १५० बढी परिवार सुरक्षित भएका छन् ।” वडा नं ९ र वडा नं ६ का बासिन्दाको जग्गा जोगाउनका लागि तटबन्ध निर्माण गरिएको छ ।

तीन सय १५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ४९५ उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वनले वन जोगाउनका लागि विसं २०६५ देखि खुला चरिचरन नियन्त्रण गरेको छ ।

पर्यटकलाई लोभ्याउनका लागि वन क्षेत्रमा वनभोजस्थलसमेत निर्माण गरिएको छ । दैनिक ५० देखि ३०० सम्म युवायुवती वनभोज मनाउनका लागि यहाँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "खहरे खोला नियन्त्रण तटबन्ध निर्माण"

Leave a comment