सफलताकाे कथाः१० बोटबाट सुरूभएकाे केरा खेती जब १० बिघा फैलियाे

भानुभक्त आचार्य । धनगढी । आफ्नै माटोमा पसिना चुहाँउन छोडेर, अरुको बालुवामा पासिना चुहाँउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हजारौं नेपाली प्रत्येक दिन पलाएन भइरहेका छन् ।  उनीहरु मध्य अधिकांशले देशमा केही गर्ने माहोल नभएको बताउँछन् ।

आफ्नै बलबुतामा केही गर्ने वातारण नभएको भन्दै राहादानी बोकेर जहाँज चड्नेहरुका लागि कैलाली टीकापुरका कालु हमाल प्रेरणा बनेका छन् । ६ दशकको उमेर पुग्नैलाग्दा पनि अझै उनी बारीमै भेटिन्छन् ।

चरम प्रतिकूलताका बिच पनि आफ्नै बारीमा समृद्धि फलाइरहेका छन् हमाल ।

१० बोट देखी १० विगाह सम्मको यात्रा
२०४० सालमा १० बोट केरा रोपेर ब्यवसाय सुरु गरेका उनलाई त्यहि १० बोट केराले अहिले ‘बनाना किङ’ भनेर चिनाएको छ । १० बोट देखी सुरु भएको उनको ब्यवसायिक यात्रा अहिले १० विगाहमा पुगेको छ ।

शून्य प्रतिशत स्वदेशी उत्पादन रहेको अवस्थामा उनले केरा खेती सुरु गरेका थिए । अहिले कुल बजारको ४० प्रतिशत स्वदेशी केराले ओगटेको छ । उनले कैलालीका साथै कञ्चनपुर, बर्दिया, रुपन्देही, चितवन, नवलपरासी लगायतका जिल्लाका किसानलाई केरा खेती बारे सिकाएका छन् ।

खोलाको पाखाबारी पुर्खौली जमिन जुन, कुनै कामको थिएन, त्यसमा हमालले केरा खेती गरेर त्यसैमा रेष्टुरेण्ट र रिसोर्ट सञ्चालन पनि गरेका छन् ।

बिएस्सी एजी पछि केरा ब्यवसाय

हमालमा सानै उमेरदेखी सफल कृषक बन्ने सोच रहेको थियो । कक्षा ८ पढ्दै गर्दा ऐच्छिक कृषि विषयले ध्यान तान्यो । माध्यमिक तह पछि पनि कृषि विषय नै रोजे । वि.सं. २०३९ सालमा चितवनबाट कृषि विषयमा स्नातक (बिएस्सी एजी) गरे ।

३९ सालमा कृषि क्याम्पस रामवपुरबाट स्नातक गरेर घर पर्किएर आउदाँ उनलाई जागरिको आइरो आएको थियो । त्यो बेला कृषिमा स्नातक गरेका ब्यक्तिहरु नगन्य मात्रामा थिए ।

उनसंग दुई बिकप्प थिए । जागिरे जीन्दगी जीउने वा केही नयाँ गर्ने । उनले दोस्रो बिकल्प रोजे । ‘एउटै बाटोमा धेरै हिड्यो भने, ट्राफिक जाम हुन्छ, त्यसो भयो भने सबैलाई कठिनाई हुन्छ त्यसैले मैले नयाँ बाटो खोज्ने निर्णय गरेको हुँ ’ हमालले भने । ‘मलाई अर्काको नोकर बन्नु थिएन’ उनले थपे ‘म आफ्नै प्रयासमा मालिक बन्न चाहन्थे ।’

वि.सं. २०४० मा उनले एकै पटक धेरै कुराको परिक्षण गरे । केरा खेती, बंगुर पालन, हाँस पालन, कुखुरा पालन, नर्सरी, भैसी पालन, गाई पालन, तरकारी खेती, कागती खेती लगायत धेरै कुरा सुरु गरे । उनी केरा खेती बाहेक अरुमा सन्तुष्ट हुन सकेनन् ।

केराका ४० परिकार

पछिल्लो समय उनले केरा खेतीसंगै केराका परिकारमा जोड दिएका छन् । उनले अहिले टीकापुर नगरपालिका भित्र तीन ठाउँमा केराका परिकार पाउने रेस्टुरेन्ट चलाएका छन् । ती रेस्टुरेन्टमा केराका ४० परिकार पाइन्छ ।

केराको रोटी, पकौडा, खीर, अँचार, चटनी, तरकारी, अमलेट, मःमः, चिप्स, सेकुवा, स्लाइस, वाइन, रक्सी, सलाद, टिकियालगायत ४० प्रकारका परिकार पकाएर खुवाउने गरेका छन् । ‘मैले अहिले खेतीसंगै परिकारमा पनि जोड दिएको छु’ उनले भने–‘परिकारका लागि भएपनि केरा खेती अझै विस्तार गर्ने सोचमा छुँ ।’

उनले हाल आफ्नै १० विगाहमा मात्रै केरा खेती गरेका छन् । यो वर्ष परिकार बनाउन केरा अभाव भएपछि चार विगाह भाडामा लिएर केरा खेती गर्दैैछन् । उनी विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुबाट केराका बारेमा प्रशिक्षण दिने गर्छन ।

पुरा भएन एक लाख केराका बोट पु¥याउने लक्ष्य
हमालले केरा खेती विस्तार गरेर साढे २६ विगाह पु¥याएका थिए । टीकापुरलाई केरा खेतीका रुपमा चिनाउँदै थिए । तत्कालिन द्वन्द्वले उनलाई अछुतो राखेन । ज्यान जोगाउन मुस्किल भएपछि उनी केरा खेती छोडेर बजार सरे । यो समयमा उनले आर्थिक रुपमा निकै घाटा व्यहोर्नु प¥यो ।

‘मेरो ५० लाख रुपैयाँ नोक्सान भयो, ज्यान नै जोखिममा परेपछि भाग्नै प¥यो’ उनले भने–‘एक लाख केराका बोट पु¥याउने लक्ष्य चकनाचुर भयो ।’ उनी करिव छ वर्ष केरा खेतीबाट टाढा रहे । देशको माहौल विस्तारै शान्त बन्दै गयो । उनी पुनः केरा खेतीमै फर्किए ।

कर्णालीको किनार केरामय बनाउने सपना
हमाल अहिले कर्णालीको किनारमामा केरा रोप्न ब्यस्त छन् । कर्णाली कोरिडोरको अभियानमा लागेका हमाल कर्णालीको बगरमा रहर फलाउने सोचमा छन् । ‘ग्रामिण क्षेत्र, खोलाका बगर, पाखाबारीको जमिन, जसलाई कसैले चासो दिएन, मैले त्यसमा सुन्दरता देखे र त्यसलाई सिगांरे, अहिले एग्रीकल्चरलाई ग्ल्यामर बनाइरहेको छु ।’ हमालले भने ।

नेपालको लामो नदी कर्णालीको बगरमा केरा रोपिरहेका छन् हमाल अहिले । सहजै डल्फिन देख्न पाइने भएकाले पनि यहाँ पर्यटकहरुलाई ल्याउन सहज हुने उनी बताउछन् । ‘बारैमासे डल्फिन हेर्न पाइन्छ, अहिले बगर भएकाले उठार लाग्दो छ, हामी केरा रोपेर हरियाली बनाउछौं, त्यसपछि हेर्न लाएक हुनेछ यो ठाँउ ’उनले हामीलाई भने ।

कैलालीको टिकापुरमा १० विघा जमिनमा केरा खेती गरेर त्यसलाई ‘एग्रो टुरिज्म’को रुपमा विकास गरि अहिले उनले मासिक दुई लाख बढि कमाई गरिहेका छन् । हमालले कृषि पर्यटनको विकास गर्न सके एक वर्षमा भारत र चीनका मात्रै २ करोड ८० लाख व्यक्तिलाई पर्यटकका रुपमा भित्र्याउन सकिने बताए ।

‘केराको बोट मुनी बसेर केराको परिकार खानुको मज्जा बेग्लै छ ’ उनले भने ‘भोली सुन्तला र स्याउको बोट पुनी बसेर त्यसैको परिकार खानेगरि ‘एग्रो टुरिज्म’ लाई अघि बढाउनु पर्छ ।’ भारत र चीनको एक प्रतिशत जनसंख्या मात्रै पर्यटकका रुपमा भित्र्याउन सक्ने हो भने कृषि पर्यटनले मुलुकको आर्थिक अवस्थालाई निकै माथि पु¥याउने उनको बिश्वास छ ।

सरकारले पहिलो पटक वि.सं. २०७१ देखी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारको घोषणा ग¥यो । हमालले पहिलो पटक मै सर्वोत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरे । उनले अहिले खाद्यवस्तुको विकल्प संगै कृषि पर्यटनलाई पनि जोड दिएका छन् ।

गुमनाम चिनारीःअन्र्तराष्ट्रिय खेलाडी

कृषि पर्यटनका अभियन्ताका रुपमा चिनिदै गएका हमालको एक लुकेको पाटो पनि छ । उनी भारोत्तोलनका अन्र्तराष्ट्रिय खेलाडी पनि हुन । उनले सन् १९८२ मा दिल्लीमा भएको एशियन गेममा भाग लिएका थिए । ५२ केजीबाट खेलेका उनले सातौ स्थान हासिल गरे । तत्कालिन समयमा एशियन गेम ओलम्पिक पछिको ठूलो मानिन्थ्यो । त्यसबेला करिव ५० देशको सहभागिता रहन्थ्यो ।

‘त्यत्तिबेला निकै गाह्रो हुन्थ्यो । अहिले जस्तो सजिलो थिएन’ उनले भने–‘त्यो बेलामा ठूलै उपलब्धी हासिल गरेको मानिन्थ्यो ।’उनी वि.सं. २०३९ र २०४१ मा आफ्नो ब्याचमा राष्ट्रिय च्याम्पियन बनेका थिए । कृषि पेशामा लागेपछि उनले खेल जीवन त्यागेको बताए ।

सम्पन्न घरानाका सामान्य ब्यक्ति
उनका भाईहरु संलग्न दिनेश ग्रुप सुदूरपश्चिमको प्रमुख ब्यापारिक घराना हो । गोपाल हमाल (गोपी), श्याम हमाल, देवेन्द्र हमाल धनगढीमा बसेर सुदूरपश्चिमका अग्रणी ब्यापारी मध्ये पर्छन । तर उनी कर्णाली किनारको मनिकापुर गाउँमा केरा खेती गरेर बसेका छन् ।


उनी भन्छन् समृद्धि त गाँउ गाँउमा आउनु पर्छ शहरमा त छदैछ । उनको मनमा कृषि पेशा छोडेर भाईहरुकै ब्यापारिक यात्रामा सरिक हुने कुरा कहिल्यै आएन । ‘मेरो मन कृषि पेशामा अभ्यस्त भैसकेको थियाे ,कृषि पेशा बाहेक मैले अरु केही सोच्नै सकेन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सफलताकाे कथाः१० बोटबाट सुरूभएकाे केरा खेती जब १० बिघा फैलियाे"

Leave a comment