प्रमुख निर्वाचन आयुक्त यादव भन्छन् ‘निर्वाचनको मिति कानुनमै ताेक्नु पर्छ’

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्नेलगायतका ३० वटाभन्दा बढि निर्वाचनसम्बन्धि समस्या स्वतहः समाधान हुने पनि स्पष्ट पारेका छन् ।

काठमाडौंमा आयोजित ‘नेपालको निर्वाचन कानुनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान पनि दोहो¥याए ।

प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिए । सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेको उनको तर्क थियो ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तद्धय सुर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीले निर्वाचन कानुन सुधारको आवश्यक्ता र औंचित्यको बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रमुख निर्वाचन आयुक्त यादव भन्छन् ‘निर्वाचनको मिति कानुनमै ताेक्नु पर्छ’"

Leave a comment