बिप्लवका प्रवक्तालार्इ ३ दिन थुनामा राख्न अदालतको आदेश, छुटाउन छाेराले हाले रीट

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । जब्बरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ पर्नु भएका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो ।

आईतबार अदालत पु¥याइएका उहाँलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो । यस अघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।गत श्रावण २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड २ जना सहयोगीसहित काठमाडौंको टौदहबाट पक्राउ पर्नु भएको थियो । प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिव ७ करोड चन्दा असुली गरेको दावी सहित प्रहरीले चन्दा ऐन अन्तरगत मुद्दा चलाएको छ ।

यसैविच प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका स्थायी समिति सदस्य रहेका रहेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगंगाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका छन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिप्लवका प्रवक्तालार्इ ३ दिन थुनामा राख्न अदालतको आदेश, छुटाउन छाेराले हाले रीट"

Leave a comment