सकियो ड्रिम डेस्टिनी एजुकेशन फेयर

काठमाडाैं ।  ड्रिम डेस्टिनी एजुकेशन फेयरमा आइटी,नर्सिङ,विजिनेश जस्ता क्षेत्रमा विद्यार्थी बढी उत्साहित बनेका छन् । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको एक दिने फेयरमा विदेशमा आईटी अध्ययनगर्न जान चाहनेको संख्या धेरै देखिएको हो ।

ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले आयोजना गरेको फेयरमा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । फेयरमा सहभागि भएका विद्यार्थी तथा अभिभावकले अमेरिका र अष्ट्रेलिया तथा अमेरिकाका कलेज प्रतिनिधि सँग प्रत्यक्ष संवादमार्फत अध्ययनका लागि आफू जाने देश, अध्ययन गर्ने कलेजका विषयमा प्रत्यक्ष संवाद गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सकियो ड्रिम डेस्टिनी एजुकेशन फेयर"

Leave a comment