आफ्नो पारिश्रमिक बढाउँदा फिल्मबाटै बाहिरिए विवेक ओबरोए

विवेक अब्रोए बलीउडका ट्यालेन्टेड र सबैभन्दा क्युट हिरोहरु मध्येका एक मानिन्छन् । यद्यपी विविध कारणले गर्दा उनले फिल्म क्षेत्रबाट दुरी बनाइराखेका छन् । फिल्ममा उनको भुमिकालाई दर्शकहरुले मन पराइरहेका छन् । उनको नाम बलीउडका सुपरस्टारहरुको सुचीमा कहिल्यै शामिल भएन तर पनि उनलाई फ्यानहरुबाट भने माया र साथ सधैँ मिलिरह्यो ।

विवेकले आफ्नो पहिचान हीरोको रुपमा मात्र नभई शानदार भिलेनको रुपमा पनि बनाए । उनले ‘शुटआउट एट लोखंडवाला’ र ‘कृष ३’ मा नेगेटिभ रोल निभाएर दर्शकहरुको दिलमा राज गरेका छन् । बलीउडमा मात्र नभएर उनलाई टलीउडबाट पनि फिल्मको अफर आएको छ । उनलाई हालै मात्र दक्षिण भारतको एउटा फिल्ममा भिलेनको भूमिकाका लागि अफर गरिएको थियो ।

विवेकले भिलेनको रुपमा पनि शानदार कमाई गर्दै आएका छन् । भिलेनका रुपमा उनको माग एकदमै रहदै आएको छ । खबरका अनुसार बोयापति र रामचरणको मेगा बजेट फिल्मका लागि विवेकलाई भिलेनका रुपमा छानिएको छ ।

उक्त फिल्मको लागि विवेकलाई १ करोड २५ लाख भारु दिइने भएको थियो । तर फिल्म हाइ बजेटको भएकाले विवेकले पनि मौकाको फाइदा उठाउन चाहे र आफ्नो पारिश्रमिक दुईगुणा बढाउदै उक्त भुमिकाका लागि २ करोड ५० लाखको माग राखे । यो उनको लागि महंगो सावित भयो ।

फिल्मको खडेरी लागिरहेका विवेकले आफ्नै कारण एउटा राम्रो मौका गुमाउनु पुगे । फिल्म निर्माण पक्षले उनलाई लिने कुरामा मन बदलिएको बताइएको छ । उनको विकल्पमा अरुको खोजी हुदैछ । यद्यपी आधिकारीक रुपमा घोषणा भने गरिएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आफ्नो पारिश्रमिक बढाउँदा फिल्मबाटै बाहिरिए विवेक ओबरोए"

Leave a comment