अधिनायकवादको हल्ला ‘तातो चियाको बाफ उडे जस्तै’ -पराराष्ट्र मन्त्री ज्ञवाली

भक्तपुर । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारका बिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको आरेप लगाउनुभएको छ ।

रफत संचार क्लबले आईतबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने टिप्पणी पनि गरे ।

उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको भनाई राखे ।

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझाबको रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले अब सरकारले आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।

सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै उहाँले भारतसंग विश्वासको आधार निर्माण गरिसकेको, चीनसंग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको उनको भनाई थियो ।

उनले आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउँने, र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरमा देशलाई ल्याउन दाताहरुको सहयोग समेत जुटाउँने कामका लागि लागिपरेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउँन र वैदेशिक लगानी अभिबृद्ध गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्रयाउन आफ्नो पहल भईरहेको बताउँदै अहिले परिपक्क, अनुकुल र राम्रो बाह्य सम्बन्ध विस्तार गरेको बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अधिनायकवादको हल्ला ‘तातो चियाको बाफ उडे जस्तै’ -पराराष्ट्र मन्त्री ज्ञवाली"

Leave a comment