नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकःएसएसबी दमन मथ्थर हाेला !

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीकाे दमन र हैरानी सीमा नाकाका नेपालीले धेरै वर्षदेखि खेप्दै अाएका छन्। नेपाली जमिनमा घुसेर नेपालीमाथि जे पनि गर्न भारतीय सीमा सुरक्षा बललार्इ छुट जस्तै छ ।

नागरिक तहबाट ससाना प्रतिराेध भए पनि सीमा क्षेत्रका धेरै नेपाली पीडा सहेर सीमामा बस्न बाध्य छन् । यदि भारतीय सीमा सुरक्षा बल नैतिक रूपमा सुध्रिए भने त अचम्मै भाे नत्र सरकारी तहमा गरिने धेरै सम्झाैताले यिनका लागि केही फरक पर्दैन।

भारतकाे राजधानी नयाँ दिल्लीमा शुक्रबार नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने सम्झाैता भएकाे छ । सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।

हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकःएसएसबी दमन मथ्थर हाेला !"

Leave a comment