सलमानलाई फकाउन प्रियंकाले अपनाइन यस्तो तरिका, हट्ला त उनीहरुबीचको दुरी?

बलीउड नायिका प्रियंका चोपडालले बलीउड मात्र नभई हलीउडमा पनि आफ्नो खास पहिचान बनाइसकेकी छिन् । हलीउडमा व्यस्त रहेकी उनी लामो समयपछि सलमान खानको फिल्म ‘भारत’ बाट बलीउडमा कमब्याक गर्न लागेकी थिईन् ।

प्रियंकाले उक्त फिल्म खेल्न लागेकोमा उनका फ्यानहरु पनि खुशी भएका थिए । तर प्रियंकाले आफ्नो व्यक्तिगत कारण देखाउदै फिल्म सुटिङको केही दिन पहिले मात्र फिल्मबाट आफ्नो नाम निकालिन् । अन्तिम समयमा आएर फिल्म छोडेकाले सलमान प्रियंकासँग रिसाइरहेको भन्ने खबरहरु आइरहेका थिए ।

यसैबीचमा प्रियंका चोपडाले हालै मात्र एउटा ट्वीट गरेकी छिन् । सलमान खानलाई मनाउनका लागि र सलमानसँगको दोस्तीमा आएको दरार मेटाउनका लागि प्रियंकाले नयाँ तरिका अपनाएको अनुमान लगाइएको छ । साथै उनले सलमानसँग माफी माग्नका लागि एउटा नयाँ बहाना निकालेको पनि बताइएको छ ।

खासमा सलमान खानका बहिनी ज्वाईँ आयुष शर्माको फिल्म ‘लवरात्री’ को केही दिन पहिले मात्र ट्रेलर रिलिज भएको थियो । प्रियंकाले उक्त ट्रेलर हेरिन् र आयुषलाई बलीउडमा स्वागत छ भन्दै एउटा ट्वीट गरिन् । प्रियंकाको उक्त ट्वीटलाई देखेर मानिसहरुले उनले रिसाएका सलमान खानलाई फकाउनका लागि नयाँ तरिका अपनाएको भन्दै कयास लगाइरहेका छन् ।

खबरका अनुसार सलमानले प्रियंकाको गल्तीको सजाय उनकी आमा मधु चोपडालाई दिएको बताइएको थियो । केही दिन पहिले जब मधु चोपडा चर्चित डिजाइनर मनीष मल्होत्राको फेशन शो मा जाँदा सलमानले उनलाई मिडियाका सामुन्ने इग्नोर गरेका थिए ।

यति मात्र नभई प्रियंकाले त्यसरी बीचमा फिल्म छोडेकोमा सलमानले पनि आफ्नो बयान दिएका थिए । जसमा उनले प्रियंकाले साँचो कुरा लुकाएकाले यस्तो भएको भन्दै प्रियंकाले आफूहरुसँग नभई हलीउड हीरोहरुसँग मात्र फिल्म खेल्न चाहेको बताएका थिए । यसबाट उनीहरुको दोस्तीमा दरार आएको अनुमान लगाइएको थियो ।

अब प्रियंकाले सलामानलाई जोडेर गरेको ट्वीटले सलमानले प्रियंकालाई माफी देलान् त? के साच्चै नै उनीहरुको सम्बन्ध पहिलेको जस्तै होला त? भन्ने जस्ता विभिन्न प्रश्नहरु मानिसहरुको मनमा उब्जिरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सलमानलाई फकाउन प्रियंकाले अपनाइन यस्तो तरिका, हट्ला त उनीहरुबीचको दुरी?"

Leave a comment