‘सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्छाैं’

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे ।

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।”

विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्छाैं’"

Leave a comment