२४ घण्टा नबित्दै इन्काउन्टरबारे गृहमन्त्रीकाे बाेली फेरियाे

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले भक्तपुर इन्काउन्टरबारे सरकारी धारणा २४ घण्टा पनि नबित्दै बदलेका छन् । विहिबार संसदकाे सुशासन समितिमा बाेल्दै मन्त्री थापाले इन्काउन्टर घटनाकाे सरकारले छानविन गर्ने बताएका थिए ।

तर शुक्रबार चितवनमा पत्रकारहरूसंग कुरा गर्दै मन्त्री थापाले बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको दावी गरे ।

गृहमन्त्री थापाले मन्त्रालयमा  प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको जिकिर गरे । उनले भने “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।”

सुन तस्करीको अनुसन्धान जारी रहेको र तस्कर नछुट्ने बताउँदै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएकाे बताए । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उहाँले विपद् व्यवस्थापनमा सरकार लागिपरेको पनि स्पष्ट पारे ।

‘इन्काउन्टर घटना छानबिन हुन्छ’ -गृहमन्त्री

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "२४ घण्टा नबित्दै इन्काउन्टरबारे गृहमन्त्रीकाे बाेली फेरियाे"

Leave a comment