यमनमा हवाई आक्रमण, कम्तीमा २९ जना बालबालिकाको मृत्यु

काठमाडौं, साउन २५ । उत्तरी यमनको एउटा इलाकामा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

उक्त हवाई आक्रमण साउदी अरेबिया नेतृत्वको गठबन्धनको तर्फबाट एउटा बसमा गरिएको बताइएको छ । यो गठबन्धन हुथी विद्रोहीहरुका विरुद्ध लडिरहेको यमन सरकारको समर्थन गर्ने गठबन्धन रहेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको बताइएको छ ।

तर हुथी विद्रोही समूहले चलाइरहेको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा ४३ को ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । उनीहरुका अनुसार मृत्यु हुनेमा अधिकतम बालबालिकाहरुको उमेर १० बर्षभन्दा कम रहेको छ ।

यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

उक्त हवाई आम मानिसहरुलाई निशाना बनाएर गरिएको बताइएको छ ।

तर साउदी अरेबियाको नेतृत्वको गठबन्धन रहेको सरकारका अनुसार उसले कहिल्यै पनि जानीजानी आम मानिसहरुलाई निशाना बनाएको छैन ।

राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।

यमनमा सन् २०१४ पछि करिब १० हजार मानिसहरु विभिन्न प्रकारका आक्रमणबाट १० हजारभन्दा बढी मानिसहरु मारिइसकेका छन् । जसमा २ तिहाई आम नागरिक रहेका छन् ।

गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए ।

यमनमा भइरहेको गृहयुद्धका कारण त्यहाँका नागरिकहरु भोकमरीको शिकार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यमनमा हवाई आक्रमण, कम्तीमा २९ जना बालबालिकाको मृत्यु"

Leave a comment