सिक्टा सिंचाइ आयोजनाकाे नहर गुणस्तर अख्तियारले छानविन गर्ने

काठमाडाैं । सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटक पटक भत्किएकाले नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्दै अख्तियारले छानविन समिति गठन गरेकाे छ ।

नहरकाे गुणस्तरबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति अायोगको गम्भीर ध्यानाकर्षण भएको पनि अख्तियारले जनाएकाे छ ।  आयोजना निर्माणमा हालसम्म भएको काम कारबाहीको विषयमा यसअघि आयोगबाट अनसन्धान भर्इ रहेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

अागाेगले पुरानाे अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानका कार्यलाई तीब्रता दिन आयोगको अाजकै निर्णयानुसार आयोगका प्राविधिक सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरेकाे जनाएकाे छ ।

  उक्त समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको अख्तियारले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सिक्टा सिंचाइ आयोजनाकाे नहर गुणस्तर अख्तियारले छानविन गर्ने"

Leave a comment