६ महिनादेखि गाईलाई करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी । गाईलाई करणी गरेको आरोपमा कैलालीमा एक जना युवक पक्राउ परेका छन् । जानकी गाउपालिका, २ खरगुहारका २१ वर्षका विकाश चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहिबार पक्राउ गरेको हो ।

‘गाई करणी गरेको आरोपमा हामीले मुद्धा नै दर्ता गरिसकेका छौं’ इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए । जोशीले उक्त विषयको अनुसन्धानका लागि जिल्ला प्रंहरी कार्यालयमा पठाईएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि बिहिवार नै सात दिनको म्याद थप गरिएको जानकारी दिए ।

पक्राउ परेका चौधरी लम्कीमा एक व्यापारीको ट्याक्टरमा काम गर्दै आएका ब्यक्ति हुन् । उनले लम्कीचुहा नगरपालिका, २ मोतिपुरका पदम बुढाको गाईलाई करणी गरेको आरोप प्रहरीले लगाएको छ । गाईपालक बुढाले भने, ‘लामो समयदेखि नै हाम्रो गाईलाई करणी गर्दै आएको रहेछ, विहिवार राती कुरेर बस्दा मात्रै उसलाई रंगेहात पक्राउ गरेर प्रहरीको जिम्मा लगायौ ।’

मंगलवार राति पनि चौधरीले गाईलाई करणी गरेको आरोप लगाए । गाई मालिक बुढाले चौधरीलाई राति दुई बजे आफ्नो गोठमा अर्धनग्न अवस्थामा भेटेको दावी गरे । उनले विगत छ महिनादेखी गाईमाथि करणी गर्दै आएको आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक वलीले चौधरीमाथि सार्वजनिक मुद्धा चलाइएको बताए । पक्राउ परेका चौधरी सुस्त मनस्थिति रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "६ महिनादेखि गाईलाई करणी गरेको आरोपमा युवक पक्राउ"

Leave a comment