जब अदालतले भूपू प्रेमिकाको तारिफमा १४४ वाक्य लेख्न लगायो

अमेरिकाको होनोलुलुमा केही समय पहिले मात्र अदालतका न्यायाधीसले अनौठो सजाय सुनाएका कारण उक्त घटना चर्चामा रहेको थियो । अब फेरी एउटा त्यस्तै उटपट्याङ्ग फैसला सुनाएका कारण अमेरिकाका न्यायाधीस चर्चामा रहेका छन् ।

होनोलुलुस्थित एक अदालतले डारेन यंग नामक एकजना युवकलाई त्यस्तै एउटा अनौठो खालको फैसला सुनाएको छ । सुन्दा सायद पत्यार नलाग्न सक्छ तर यो साँचो कुरा रहेको छ । त्यहाँका न्यायाधिसले उनलाई आफ्नी पूर्व प्रेमिकाको तारिफ गर्दै १४४ बाक्य लेख्न लगाएको छ । त्यसका लागि अदालतले एउटा शर्त पनि राखेको छ ।

यंगले आफ्नी पूर्व प्रेमिकालाई अपशब्द प्रयोग गरेर १४४ म्यासेज र फोन गरेर उसलाई सताएका थिए । यंगले महिलामाथि गरेको दुव्र्यवहारको सजाय स्वरुप आफ्नी पूर्व प्रेमिकाको प्रसंसामा १ सय ४४ वाक्य लेख्न न्यायाधिसले आदेश दिएका हुन् । अझ अनौठो कुरा त यो छ कि, १ सय ४४ मा हरेक वाक्य नयाँ हुनुपर्नेछ र कुनै पनि कुरा दोहोराउन नपाइने शर्त राखिएको छ ।

यंगले आफूलाई अपशब्द बोलेर दुव्र्यवहार गरेको, १ सय ४४ वटा मेसेज पठाएर तथा फोनसमेत गरेर दुःख दिएको भन्दै उनकी पूर्व प्रेमिकाले अदालतमा मुद्दा हालेपछि अदालतले यस्तो फैसला गरेको हो ।

३० वर्षीय डारेन यंगलाई अदालतले यसअघि नै नकी पूर्व प्रेमिकासँग कुनै पनि प्रकारको सम्पर्क गर्ने कोसिस नगर्न आदेश दिएको थियो । तर डारेनले अदालतको त्यो आदेशलाई गम्भीरताका साथ लिएनन् र २ महिनाभित्र नै त्यसलाई भंग गर्ने काम सुरु गरिदिए ।

एकदिन त अझ उनले ३ घण्टाको बीचमा नै आफ्नी प्रेमिकालाई १ सय ४४ पटक फोन कल तथा मेसेज पठाए । यसबाट चिन्तित पूर्व प्रेमिकाले यंग विरुद्ध अदालतको आदेश उल्लघंन गरेको भन्दै मुद्दा हालिन् ।

अदालतको अवहेलना गरेको भन्दै रिसाएका न्यायाधीशले यंगलाई कडा सबक सिकाउने उद्देश्यले उनी विरुद्ध १ सय ५७ दिनको जेल र २४ सय डलर जरिवानाको फैसला गरे ।

यत्तिले मात्र न्यायाधीशको रिस शान्त भएन, तब उनले यंगको नाममा आदेश जारी गर्दै आफ्नी पूर्व प्रेमिकाको प्रशंसामा १ सय ४४ वाक्यमा केही लेख्न र कुनै पनि कुरा नदोहोर्याउनका लागि आदेश दिए । न्यायाधीसको यो अनौठो फैसला सोशल मिडियामा भाइरल भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब अदालतले भूपू प्रेमिकाको तारिफमा १४४ वाक्य लेख्न लगायो"

Leave a comment