‘वीरे दी वेडिङ’ को सफलतापछि बढ्यो करीनाको भाउ, यति रकम लिदै

पोस्ट प्रेग्नेन्सीपछि करीना कपूर ‘वीरे दी वेडिङ’ मा देखिएकी थिईन् । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । अब खबर आइरहेको छ कि, ‘वीरे दी वेडिङ’ को सफलतापछि करीनाले आफ्नो फीस बढाएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त फिल्मको सफलतामा करीना कपूरको स्टारडमको ठूलो भुमिका रहेको थियो । फिल्मले सफलता पनि हासिल गर्याे । फिल्मको सफलतासँगै करीनाको डिमान्ड पनि बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै करीनाले आफ्नो आगामी प्रोजेक्टहरुका लागि फीस बढाउने निर्णय गरेकी छन् ।

करीनाले पछिल्लो फिल्म ‘वीरे दी वेडिङ’ का लागि ७ करोड भारु लिएकी थिईन् । अब उनले ३ करोड थप बढाउदै प्रतिफिल्म आफ्नो फीस १० करोड पुर्याएको बताइएको छ ।

यदि साच्चै नै करीनाको फीस बढोत्तरी भएमा उनी बलीउड फिल्म इन्डष्ट्रीमा सबैभन्दा बढी फीस पाउने नायिका बन्नेछिन् ।

उनी अक्षय कुमारका साथ आगामी फिल्म ‘ग्ुडन्यूज’मा काम गर्नेछिन् । यसका अलावा करण जौहरको मल्टीस्टारर फिल्म ‘तख्त’ मा देखिनेछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘वीरे दी वेडिङ’ को सफलतापछि बढ्यो करीनाको भाउ, यति रकम लिदै"

Leave a comment