रणवीर कपुरले करण जौहरकाे सिनेमा यस कारण अस्वीकार गरे

एजेन्सी । चर्चित निर्माता तथा निर्देशक करण जौहरकाे अफरलार्इ रणवीर कपुरले अस्वीकार गरेकाे खबरहरू बलिउडमा चर्चाकाे विषय बनेकाे छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मका लागि अाफूलार्इ जानकारी नगरार्इ रणवीर सिंहकाे इन्ट्री भएकाे थाहा पाए पछि कपुरले करणकाे फिल्म अस्वीकार गरेकाे समाचारहरूमा जनाइएकाे छ ।

करणले सुरूमा रणवीर कपुरलाई अफर गरेका थिए । रणवीर कपुरले मौखिक सहमति पनि दिए । त्यसपछि उनले रणवीर सिंहलाई अर्को हिरोका लागि अफर गरे । उनले पनि स्वीकारे तर जब रणवीर सिंहलाई फिल्ममा लिइएको कुरा रणवीर कपुरले थाहा पाए, उनले फिल्म नखेल्ने करणलार्इ बताए ।

अाफ्नाे पूर्व प्रेमीकाे ब्वार्इफ्रेन्डसंग एउटै फिल्म नखेल्ने कपुरले अाफ्ना नजिककका मित्रलार्इ भनेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर उनले करण कपुरलार्इ व्यवस्तााकाे कारण फिल्मलार्इ समय दिन नसकेकाे बतामएका छन् । दीपिकाको पहिले रणवीर कपुरसँग प्रेम थियो भने अहिले रणवीर सिंहसँग छ । यसैले रणवीर कपुर रणवीर सिंहसँग काम गर्न असहज भएकाे चर्चा भएकाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रणवीर कपुरले करण जौहरकाे सिनेमा यस कारण अस्वीकार गरे"

Leave a comment