भारतीयहरुले सोधे, अाखिर किन छिन् त्यहाँ अनुष्का ?

बलीउड नायिका अनुष्का शर्मालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले उनको मजाक उडाइरहेका छन् । उनी रहेको एउटा फोटोका बारेमा मानिसहरुले आखिर उनी किन त्यो फोटोमा छिन् भन्दै नानाथरीका प्रश्न सोधिरहेका छन् ।

खासमा भारतीय क्रिकेट टीम इन्डियाका कप्तान विराट कोहली हालका दिनमा पूरै क्रिकेट टीमका साथ लण्डनमा रहेका छन् । जहाँ भारतीय उच्चआयोगले टीमका लागि डिनर पार्टी राखेको थियो । यसै क्रममा विराट कोहलीका साथ उनकी पत्नी तथा बलीउड नायिका अनुष्का शर्मा पनि उपस्थित रहेकी थिईन् ।

बोर्ड अफ कन्टेल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले ट्वीटरमा एउटा तस्बिर शेयर गरे । जसमा टीम इन्डियाका खेलाडीका साथै अनुष्का शर्मा पनि देखिएकी छिन् ।

यो तस्बिरसँगै ट्वीटरका प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् कि, आखिर टीम इन्डियाका साथ अनुष्काको तस्बिर किन छ? जबकि कुनै अरु खेलाडीका पत्नी साथमा छैनन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, अनुष्का भाउजु पनि टीम इन्डियामा हो कि के?

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भारतीयहरुले सोधे, अाखिर किन छिन् त्यहाँ अनुष्का ?"

Leave a comment