चीनको सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुदै, कारण यस्तो

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ । यस महलका मालिकले त्यसलाई हालसम्मको सबैभन्दा ठूलो मानव निर्मित झरना त बनाए तर अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको बताइएको छ ।

ती मालिकका लागि यो सेतो हात्ती बनेको छ, किनकि यसलाई चालु राख्नका लागि जति खर्च भइरहेको छ, त्यति आम्दानी र नियमित व्यवस्था हुन सकिरहेको छैन । जसका कारण यो झरना अहिले चीनमा मजाकको विषय बन्ने गरेको छ । मानिसहरुलाई त्यसलाई सोँच विचार नगरिकन गरिने कामको उदाहरण बताउँदै त्यसलाई बनाउनु एउटा मूर्खतापूर्ण निर्णय भएको बताइरहेका छन् ।

गुइयांग सहरमा १०८ मिटर अर्थात् ३५० फिट उचाइमा बनाइएको उक्त टावर अगाडि तर्फ झरना बनाइएको छ । यो दुई वर्षअघि मात्र तयार भएको हो । त्यसयता यसलाई केवल ६ पटकसम्म मात्र सञ्चालन गरिएको छ ।

जुन लीबियन इन्टरनेशनल बिल्डिङमा त्यसलाई बनाइएको छ, त्यसको निर्माण हालसम्म पूर्ण भइसकेको भने छैन । तर झरनाको ढाँचा भने २ बर्ष पहिले नै बनाएर पुरा भइसकेको थियो ।

उक्त टावर निर्माण गरेको कम्पनी कोबाना रही लुडी इंडस्ट्रीका अनुसार स्थानीय शुष्क वायुलाई ओसिलो बनाउनमासमेत झरनाले भूमिका खेल्ने विश्वास गरिएको थियो ।

तर यो अग्लो टावरमा निरन्तर रुपमा टुप्पोमा पानी पूराएर झरना सञ्चालन गर्दा खर्च अत्यधिक भएपछि झरना बन्द गर्ने निर्णयमा यसका मालिक पुगेका छन् ।

१२१ तला भवनमा बनेको उक्त झरनामा पानी पुग्नका लागि एक घण्टाको खर्च १२० डलर अर्थात् करिब १२ हजार रुपैयाँ लाग्ने गर्दछ । तर पर्यटकहरुबाट आएको पैसाले नपुगेकाले त्यसका मालिकले आर्थिक संकट झेलिरहनुपरेको छ । जसका कारण अब त्यो झरना बन्द गर्ने निण्र्नय लिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चीनको सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुदै, कारण यस्तो"

Leave a comment