श्वेता श्री फाउण्डेशनको निर्माणाधिन एकिकृत बस्तीलार्इ रंगकर्मी थापाकाे अार्थिक सहयाेग

काठमाण्डौं । नायिका श्वेता खड्काकाे श्वेता श्री फाउण्डेशनले निर्माण गरिरहेकाे एकीकृत बस्तीलार्इरंगकर्मी नानी थापाले अार्थिक सहयाेग गरेकी हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–११ मा निर्माण भइरहेको उक्त परियाेजनाका लागि थापाले १ लाख नगद एक कार्यक्रमकाबीच हस्तान्तरण गरिन ।

रंगकर्मी थापाद्वारा लिखित तथा निर्देशित नाटक जूनकिरी प्रदर्शनबाट संकलित रकमबाट फाउण्डेशनलार्इ सहयाेग गरिएकाे हाे । सहयाेग रकम बुझ्दै अभिनेत्री श्वेता खड्काले सहयोगीहरुप्रति आभार प्रकट गरिन् ।

निर्माण सम्पन्न गर्न अार्थिक अभाव झेलिरहेको अवस्थामा प्राप्त सहयाेग निकै ठूलो भएको उनको भनाई थियो । श्वेता श्री फाउण्डेसनको अगुवाईमा भीमटारका ५३ माझी परिवारका लागि बस्ती निर्माणाधिन छ । एकै रंगका भूकम्पप्रतिरोधी घरहरु बन्ने बस्तीमा धारा, खेल मैदान, सामुदायिक भवन, बाल बगैंचा, होमस्टे बनाउने लक्ष्यका साथ बस्ती निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "श्वेता श्री फाउण्डेशनको निर्माणाधिन एकिकृत बस्तीलार्इ रंगकर्मी थापाकाे अार्थिक सहयाेग"

Leave a comment