‘सुशासन र बिकासको बाटोमा सरकार कडाईकासाथ अघि बढ्छ’ -प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले कडाईका साथ सुशासन र तिव्रताका साथ बिकासको बाटोमा सरकार अघि बढ्ने बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीन दिने हिमवत्खण्ड कला साहित्य सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब सुशासन र बिकासको बाटोबाट मुलुकलाई समृद्धितर्फ अघि बढाइने बताएका हुन् ।
अहिले समृद्धिको मापन कूल ग्राहस्थ उत्पादन र प्रति व्यक्ति आयले मात्र नहुने भन्दै उनले निरपेक्ष गरिवीको रेखामुखीको अवस्थाले नै मुलुकको समृद्धिको अबस्था निर्धारण गर्ने बताए ।
प्रधानमन्त्री ओलीले गरिवी, बेरोजगारी, शिक्षाको अवसरबाट बञ्चितलगायतका समस्या समाधान गर्न सरकार ठोस नीति बनाएर अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले नेपालको कला, साहित्य, भाषा, संस्कृति अन्य देशको भन्दा पृथक रहेको भन्दै यसको जगेर्ना गर्ने दायित्व सबैको भएको जिकिर गरे ।
तीन दिने सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहेको छ । सम्मेलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने बताईएको छ ।।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सुशासन र बिकासको बाटोमा सरकार कडाईकासाथ अघि बढ्छ’ -प्रधानमन्त्री"

Leave a comment