‘युद्धकालिन घटना उचाल्ने षडयन्त्र भईरहेको छ’-प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अभियोगमा थुनछेकका लागि कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दावी गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिको चक्रपथ शिलान्यास कार्यक्रममा सम्वोधन गर्दे दाहालले छविलाल सो घटनामा निर्दोष रहेको जिकिर गरेका हुन् । उनले युद्धकालिन घटनाका व्यक्तिहरुलाई विभिन्न मुद्धा लगाउने षणयन्त्र भईरहेको र अनाहकमा निर्दोष मानिसहरु फस्ने खतरा उत्पन्न भएको दावी गरे ।

आफुहरुले नै अदालतको सम्मानका लागि छविलाललाइ अदालतमा जान सुझाएको उनले घुमाउरो तवरमा वताएका थिए । दाहालले आफुहरुले लोकतान्त्रिक अभ्यासलाई स्विकार र सम्मान गर्ने भएकोले नेपाली काग्रेसलाई पनि गम्भीर वन्न सुझाव दिए ।

उनले अनसनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र माग सम्वोधनका लागि पनि लचिलो भएको दावी गरेका थिए । प्रचण्ड विभिन्न विकासका योजनाको शिलान्यास र उद्घाटनका लागि दुईदिनदेखि चितवन रहेका थिए । उनले चितवनमा रहदा ३ अर्व भन्दा बढीका योजनाहरुको शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘युद्धकालिन घटना उचाल्ने षडयन्त्र भईरहेको छ’-प्रचण्ड"

Leave a comment