सलमान खान नेपाल ल्याउन नसके पछि ठगी अाराेपमा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक पक्राउ

काठमाडाैं । भारतीय अभिनेता सलमान खानकाे कन्सर्ट गर्न नसके पछि उक्त कार्यक्रमका लागि उठाइएकाे पैसा फिर्ता नगरेकाे भन्दै ओडिसी इन्टरटेनमेन्टका सञ्चालकलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरिय प्रहरी अपराध महाशाखाकाे टाेलिले ओडिसी इन्टरटेनमेन्ट सञ्चालक सिमान्त गुरुङलार्इ शुक्रबार पक्राउ गरेको हाे । उनीमाथि सलमान खानसहितका भारतीय कलाकारकाे नेपाल कन्सर्टका लागि भनेर उठाएकाे रकम फिर्ता नगरी ठगि गरेकाे अाराेप प्रहरीकाे छ ।

२०७४ फागुन २६ गते काठमाडौं टुँडिखेलमा गर्ने भनिएकाे कन्सर्ट विप्लव माअाेवादीकाे धम्कीका कारण स्थगित भएकाे थियाे भने पछिल्लाे कार्यक्रम जेठ २ गतेका लागि तय गरिएकाे थियाे तर कार्यक्रम हुन सकेकाे थिएन ।

 सर्वसाधरणकाे कराेडाैं पैसा उठाएर पाँच महिनासम्म कार्यक्रम नगरिएकाे उजुरी पछि गुरूङलार्इ पक्राउ गरिएकाे अपराध महाशाखाले जनाएकाे छ । तीन वर्षअघि पनि ओडीसी ईन्टरटेनमेन्टले डिप पर्पल नामक कन्सर्ट गर्ने भन्दै टिकट बेचेर कार्यक्रम नगरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सलमान खान नेपाल ल्याउन नसके पछि ठगी अाराेपमा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक पक्राउ"

Leave a comment