आलमको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रधानमन्त्री अस्पताल पुगे

काठमाडौं,२९ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको छ । आज गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिनुभएको हो ।

रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आलमको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रधानमन्त्री अस्पताल पुगे"

Leave a comment