छोरी सारासँग फिल्ममा काम गर्दे सैफ अली खान

बलीउड अभिनेता सैफ अली खान पछिल्लो समय वेब सिरिज ‘सेक्रेड गेम्स’ मा व्यस्त रहेका छन् । उनको फिल्मी करियर भने त्यति राम्रो चलिरहेको छैन । तर अब छिट्टै नै उनी आफ्नी छोरी सारा अली खानसँग फिल्ममा देखिने भएका छन् ।

सारा यतिबेला फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा रहेकी छिन् । यो फिल्मको सुटिङ सकिएको छ भने पोष्ट प्रोडक्सनको काम भइरहेको छ । यसैगरी उनको हातमा अर्काे फिल्म पनि छ ‘सिम्बा’ । रोहित सेट्टी निर्देशित यो फिल्मको सुटिङ जारी छ ।

अब साराको हात अर्काे एउटा फिल्म पनि परेको छ । जहाँ उनी आफ्ना बाबु सैफका साथ काम गर्दैछिन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘फिल्मीस्तान’ मा सैफ र सारा बाबुछोरीको भुमिकामा देखिने छन् ।

नितिन कक्कडले निर्देशन गर्न लागेको फिल्मको स्क्रिप्ट सैफले मनपराइसकेका छन् । सबै कुरा मिलेमा फिल्ममा सैफ र सारा पहिलोपटक एकसाथ देखिनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "छोरी सारासँग फिल्ममा काम गर्दे सैफ अली खान"

Leave a comment