चीनकाे सिचुवानमा रसायनिक कारखानामा विष्फोट,१९ जनाकाे मृत्यु

सिचुवान । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२ जना घाईते भएको चिनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । यिविन हिन्ग्दा प्रविधिको रसायनिक कारखानामा विष्फोट भएको हो ।

विस्फोट भएको ठाउँबाट धुवाँको मुस्लो उडेका तस्बीरहरु चिनीया संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् । विष्फोटको कारणबारे अनुसन्धान भैरहेको बताइएको छ । विस्फोटको कारण भने थाहा नभएको बताइएको छ ।

विस्फोटपछि बिहिबार बेलुकादेखि लागेको शुक्रबार विहान मात्र निभाइएको थियो । सन् २०१५ मा तियान्जिन शहरमा रसायनिक कारखानामा विष्फोट हुँदा १ सय ७३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चीनकाे सिचुवानमा रसायनिक कारखानामा विष्फोट,१९ जनाकाे मृत्यु"

Leave a comment