‘जनवर्गीय संगठनको एकता प्रक्रिया साउन महिना भित्रै टुङ्गो लाग्छ’-प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन महिना भित्रै सबै जनवर्गीय संघसंगठनको एकता प्रक्रिया टुङगो लगाईने बताउनु भएको छ ।

शुक्रबार भरतपुरस्थित कृष्णपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै एकता प्रक्रिया पुरा गरी नयाँ अध्याय सुरु गरिने बताउनुभयो ।

उहाँले साउनमा सबै एकता प्रक्रिया सकिएपछि भदौं र असोज महिनामा देशैभर केन्द्रबाट नै प्रशिक्षण तथा स्कूलिङ कार्यक्रम गरिने बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टीलाई अझै एक ढिक्का बनाउन सबै प्रदेशमा ठूला–ठूला सभा गर्ने र जनतामा अपिल गर्ने, देश नयाँ युग तिर गएको हो भन्ने कुरा देखाउन सरकारले गरेका सकरात्मक कुराहरुलाई जनतामाझ स्थापित गराउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जनतामा नयाँ स्कूलिङ तिर बढ्ने समय आएको भन्दै सरकारले गरेका हरेक सकरात्मक कुराहरुलाई जनतामाझ प¥याउन सबै एक भएर लागि पर्ने बताउनुभयो ।

उहाँले सरकारको नकरात्मक कुरालाई भने सचेत गराउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले चितवन विकासको प्रचर संभावना भएको जिल्ला रहेको भन्दै नारायणगढको नगरवनलाई आईल्याण्डको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्ड आज चितवनको विभिन्न स्थानहरुको विकास निर्माण कार्यको समुद्घाटन गर्न चितवन आउनु भएको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘जनवर्गीय संगठनको एकता प्रक्रिया साउन महिना भित्रै टुङ्गो लाग्छ’-प्रचण्ड"

Leave a comment