अब याे समयभित्र उपत्यकाका तीन जिल्लामा टिप्पर नचल्ने

काठमाडौँ, २७ साउन । गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिएका हुन् । उक्त व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अब याे समयभित्र उपत्यकाका तीन जिल्लामा टिप्पर नचल्ने"

Leave a comment