मंगलवारदेखि अवरुद्ध रहेको नुवाकोटको विद्युत सु्चारु

काठमाडाैं । मंगलवार दिउँसोदेखि २१ मेघावाट क्षमताको नुवाकोटको त्रिशूली जलविद्य्त गृहमा आगलागी भई अवरुद्ध भएको विद्युत सेवा प्राधिकरणले वैकल्पिक ब्यवस्था गरी बुधवार वेलुकीबाट सुचारु गरेको हो ।

प्राधिकरणले अघिल्लो वर्ष पनि क्षतिको वास्तविक विवरण सार्वजनिक नगरेको र यस पटक पनि विवरण उपलब्ध गराउन ढिलाई गरेकोमा नुवाकोटवासीले भने प्राधिकरणको कार्यप्रति आशंका रहको वताउन थालेका छन् ।

विद्युत नहुँदा अस्तव्यस्त भएको नुवाकोटको जनजीवन सामान्य भएको छ । विद्युत नहुदा अत्यावस्यक सेवाहरु माेवाईल र ईन्टरनेटमा समेत समस्या हुन थालेको थियो । आगलागीबाट बसबाक पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ ।

विद्युत आपूर्ति ठप्प हुँदा यहाँका उद्योगधन्दा, कलकारखाना, संचारमाध्यमहरु बन्द हुनुका साथै अन्य क्षेत्रमासमेत असहज स्थिती पैदा भएको थियो । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई टान्सफर्मरसम्म र्पुयाउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबाकमा आगलागी भएको हो ।

क्षतिको विवरण के कती भयो र के कारणले क्षति भयो भन्ने प्राधिकरणले हालसम्म खुलाउन सकेको छैन । अघिल्लो वर्ष पनि असार मसान्तको समयमा आगलागी भई त्रिशूली जलविद्युत गृहमा क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मंगलवारदेखि अवरुद्ध रहेको नुवाकोटको विद्युत सु्चारु"

Leave a comment