सडकका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैंका सडकका दुरावस्था तत्काल हल गर्न मातामतका निकायलार्इ निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री अाेलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिवलाई बोलाएर नतिजा देखिने गरी तत्काल सडककाे अवस्था सुधार गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले कलंकी-थानकोट तथा चाबहिल-बौद्ध-जोरपाटी सडककाे अवस्थाप्रति मन्त्री, सचिवसंग गंभिर चासाे राखेकाे प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सडकका खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्रीको निर्देशन"

Leave a comment