‘सरकार ढाल्ने खेल असम्भव’ प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पु¥याउन आफू सफल भएको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलो पटक बराबरीको हैसियतमा ल्याउन सफल भएको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी पनि गर्नु भयो । उहाँले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी पनि गर्नु भयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने पनि स्पष्ट पार्नु भयो ।

उहाँले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलता भित्र कुनै दम नहुनेमा आफू सचेत रहेको तर्क पनि गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको पनि बताउनु भयो ।

उहाँले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सरकार ढाल्ने खेल असम्भव’ प्रधानमन्त्री"

Leave a comment