फेसबुकलार्इ ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय

काठमाडाैं ।  बेलायतको डाटा संरक्षण केन्द्रले फेसबुकलाई ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय गरेको छ । क्याम्ब्रिज एनालिटिका कारण फेसबुक प्रयोगकर्ताको निजी सुचना चुहावटमा फेसबुकको पनि संलग्नता पाईएको भन्दै केन्द्रले जरिवानाको निर्णय गरेको हो ।

फेसवुकलाई गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना रकम भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्याम्ब्रिज एनालिटिका विरुद्धपनि अपराधिक क्रियाकलाप अन्तर्गत कारबाही गरिने केन्द्रले जनाएको छ ।

इयुसँग बेलायत छुटिने प्रक्रियाका लागि भएको जनमत सङग्रहमा एनालिटिकाले फेसबुकबाट मतदाताको विवरण मागेको बताईएको छ । लेबर पार्टीले सो फर्मको प्रयोग गरेको पुष्टि गरेपनि के कस्ता डाटा उपलब्ध गराईएको थियो भन्ने अझै प्रष्ट भएको छैन ।।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "फेसबुकलार्इ ५ लाख पाउण्ड स्टर्लिङ जरिवानाको निर्णय"

Leave a comment