कपिल शर्माको पनि बायोपिक बन्ने

बलीउडमा विभिन्न सेलिब्रिटीहरुको बायोपिक बन्ने क्रम तीव्र भएको छ । केही दिन पहिले सञ्जय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ बक्स अफिसमा सफलता पाएपछि अरु कलाकारहरुको पनि बायोपिक बन्ने क्रम जारी रहेको छ । यो लिस्टमा कपिल शर्माको नाम पनि शामिल भएको छ ।

भारतीय कमेडियन कपिल शर्माको जीवन कहानीमा आधारित रहेर फिल्म बन्ने भएको छ । एउटा वेभसाइटलाई दिइएको अन्तवार्तामा बलीउड निर्देशक विनाद तिवारीले संजू हेरिसकेपछि कपिलको पनि बायोपिक बनाउने इच्छा जागेको बताए ।

कपिलको बायोपिकमा मुख्य भुमिकाका लागि अर्का भारतीय कमेडियन कृष्णा अभिषेकलाई रोजिएको छ । तर कृष्णले सहमति दिन भने बाँकी नै रहेको बताइएको छ । यसै फिल्मबाट अभिनेता सञ्जय दत्तकी भतिजी नाजिया हुसैन पनि बलीउडमा डेब्यू गर्दैछिन् ।

फिल्मका बारेमा विनोदले अन्तरवार्ता बताए अनुसार उनी सन् २०१० देखि नै कपिल शर्माका साथ फिल्म बनाउन चाहन्थेँ । तर, त्यतिबेला प्रोड्यूसर सुरेन्द्र पुरी यो फिल्मका लागि तयार थिएनन् । यद्यपी अब उनी पनि एउटा बायोपिक बनाउन चाहिरहेका छन् । कपिलको कहानी बायोपिकका लागि प्रफेक्ट हुने तिवारीले बताए ।

कपिल शर्माको संघर्षका दिनहरुहरु कस्ता थिए भन्ने कुरा सबै मानिसहरुले थाहा पाउनु पर्ने तिवारीले बताए । यसका लागि उनको जीवन कथामा आधारित फिल्म बनाउन लागिएको बताए ।

कपिलको बायोपिकका लागि उनको भुमिका कसले निभाउछ भन्ने प्रश्नमा विनोदले भने, यदि कपिल आफैले उक्त भुमिका निभाउछन् भने त्यो धेरै राम्रो हुनेछ । यदि उनी गर्दैनन् भने उनको भुमिका कमेडियन कृष्णा अभिषेकले गर्नेछन् ।

कृष्णा स्वयम् एक कमेडियन भएकाले कपिलको भुमिकाका साथ उनले पूर्ण न्याय गर्नसक्ने विनोदले बताए ।
कपिलको जीवन निकै उतारचढावयुक्त छ । उनी धेरैजसो विवादमा परिरहने कलाकार पनि हुन् । उनले अस्ट्रेलियाबाट आफ्नो कार्यक्रम सकेर फर्कने क्रममा सहकर्मी सुनील ग्रोवरलाई उडिरहेको जहाजभित्रै दुर्व्यबहार गरेका थिए ।

साथै उनले एक न्यूज वेबसाइटका पत्रकारलाई फोन गरेर गाली दिएका थिए । जसको अडियो सामाजिक सञ्जालमा चर्चामा रहेको थियो । बारम्बारको विवाद र झगडाले उनका कयौँ सहकर्मीहरु उनीसँग काम गर्न अस्वीकार गरिरहेका छन् ।

लगातार फिल्म फ्लप भएका कारण र एकताका निकै लोकप्रिय रहेको बन्द भएका कारण उनी अहिले डिप्रेसनको शिकार भइरहेको बताइएको छ । उनी अहिले मिडिया र आफ्नो कामबाट टाढै रहेका छन् ।

हालैमा कपिलको केही फुटेज सामाजिम सञ्जालमा भाइरल भएको थियो । जसमा उनको तौल निकै बढेको देख्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कपिल शर्माको पनि बायोपिक बन्ने"

Leave a comment