असारे भलमा करोडौं बजेट सक्दै कैलालीका विकासे कार्यालय

भानुभक्त अाचार्य । धनगढी । कैलाली जिल्लाका विकासे कार्यालयहरुले पछिल्लो २६ दिनमा ७५ करोड अर्थात कुल बजेटको १६ दशमलव ७ प्रतिशत रकम खर्च गरेका छन् । जेठ मसान्तसम्म ३ अर्व ७४ करोड २९ लाख ८ हजार रुपयाँ खर्च भएकोमा असार २६ गतेसम्म ४ अर्व ४९ करोड २९ लाख ८ हजार रुपयाँ बजेट खर्च भएको छ ।

आर्थिक बर्ष २०७४/७५ का लागी कैलालीमा आएको ५ अर्व ९९ करोड ९२ लाख २४ हजार पुंजिगत बजेटमध्ये जेठ मसान्तसम्म ५८ प्रतिशतमात्रै खर्च भएको थियो । असार २५ गतेसम्म १६ दशमलव ७ प्रतिशतले बृद्धी भई हालसम्म ७४ दशमलव ८९ प्रतिशत विकास बजेट खर्च भएको छ ।

जिल्लामा सबैभन्दा कम खर्च गर्नेमा क्षेत्रिय शहरी बिकास आयोजनाले शुन्य दशमलव ५५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । मोहनापुल अत्तरिया सडक आयोजनाले ४६ प्रतिशत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ५६ प्रतिशत, जिल्ला बन कार्यालयले ६० प्रतिशत बजेट खर्च गरेका छन् ।

जिल्लाका अन्य बिकासे कार्यालयहरुले ६० देखी ९८ प्रतिशतसम्म बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताए ।

असार १५ गतेपछि बिकासे बजेटमा ह्वात्तै बृद्धी भएको कोष नियन्त्रक पाण्डेयले जानकारी दिएका छन् । असार २५ गते मात्रै कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीबाट ८ करोड रुपयाँ निकासा भएको छ ।

असारमा मात्रै सहरी बिकास तथा डिभिजन कार्यालयले २६ करोड, रानिजमरा कुलरिया सिचाई आयोजनाले २० करोड, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले ६ करोड बजेट खर्च गरेका छन् । बजेट निकासा हुन बाँकी रहेकाले असार मसान्तमा ८५ प्रतिशतसम्म बिकास बजेट खर्च हुने अनुमान गरिएको कोष नियन्त्रक पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "असारे भलमा करोडौं बजेट सक्दै कैलालीका विकासे कार्यालय"

Leave a comment