पुननिर्माण प्राधिकरणका सव-ईन्जिनियर ५ लाख घुस रकमसहित पक्राउ

 काठमाडाैं । काठमाडाैंकाे सामाखुसीबाट सव-ईन्जिनियर लोकबहादुर थापालार्इ अख्तियारले नियन्त्रणमा लिएकाे हाे । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कार्यालय नुवाकोटमा कार्यरत थिए ।

थापाले बिद्यालय भवन निर्माण कार्य सम्पन्न भए पश्चात रनिङ विल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माेगेकाे अख्तियारकाे अाराेप छ । नगद नलिर्इ काम  अगाडी नबढाउने अडान कसे पछि सेवाग्राहीले अख्तियारकाे सहयाेगमा थापा माथि स्टिङ अप्रेसन गरेकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलयकाे थापालार्इ पाँच लाख घुस  लिइसकेको अवस्थामा काठमाडौंकाे सामाखुसीबाट नियन्त्रणमा लिएकाे बताएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पुननिर्माण प्राधिकरणका सव-ईन्जिनियर ५ लाख घुस रकमसहित पक्राउ"

Leave a comment