९ वर्षपछि रियल मड्रिड छोड्दै युभेन्टस गए रोनाल्डो

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अन्ततः इटालियन क्लब युभेन्टस जाने भएका छन् ।

मड्रिडले आधिकारीक बयानमा रोनाल्डो युभेन्टस जाने पक्का भएको पुष्टि गर्दै रोनाल्डोलाई बिदाई गरेको छ ।
मड्रिडले आफ्नो क्लबाट ९ बर्षसम्म राम्रो प्रदर्शन गरेकोमा धन्यवाद व्यक्त गर्दे रोनाल्डो विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएको छ ।

‘आफूलाई विश्वको सर्वाेत्कृष्ट खेलाडीका रुपमा परिचित गर्ने विश्वको उत्कृष्ट खेलाडी प्रति रियल मड्रिड आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘रियल मड्रिड सधै तिम्रो घर हुनेछ ।’

युभेन्टस र मड्रिडका बीच रोनाल्डोलाई युभेन्टस ट्न्सफरका लागि ११२ मिलियन यूरोमा सम्झौता गरिएको युभेन्टसको आधिकारीक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रोनाल्डो युभेन्टसकै महँगो खेलाडीका रुपमा क्लबसँग आवद्ध हुन लागेका हुन् । यसअघि क्लबले गोन्जालो हुगाईनलाई ७५.३ मिलियन यूरोमा अनुबन्ध गरेको थियो ।

रोनाल्डोले ४ बर्ष अर्थात् ३० जुन २०२२ सम्मका लागि युभेन्टसमा रहने सम्झौतामा हस्ताक्षर गरेको युभेन्टसको आधिकारीक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

५ पटकको बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोले अब वार्षिक ३० मिलियन युरो कमाउने छन् ।

२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रोनाल्डो रियल मड्रिड आएका थिए ।

३३ वर्षे रोनाल्डोले रियल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्ता पनि हुन् । यस अवधिमा उनले २ ला लिगा र ४ पटक च्याम्पियन्स उपाधि पनि जिताए । रियल म्याड्रिडसँग मे महिनामा च्याम्पियन्स लिग फाइनल जितेपछि रियलमा रहने अनिश्चितता प्रकट गरेका थिए ।

पोर्चुगलका कप्तान पनि रहेका रोनाल्डोले आफ्नो राष्ट्रिय टिमबाट ८५ गोल गरेका छन् ।

रोनाल्डोले आफ्नो फेयरवेल लेटरमा रियल मड्रिडप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना फ्यान र मड्रिड सिटीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले उक्त लेटरमा लेखेका छन्, मलाई विश्वास छ कि समय मेरो जीवनमा एउटा नयाँ अध्याय सुरु गर्नका लागि आएको छ । त्यसैले मैले क्लबसँग मलाई अगाडि बढ्ने अनुमति दिनका लागि भने ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "९ वर्षपछि रियल मड्रिड छोड्दै युभेन्टस गए रोनाल्डो"

Leave a comment