फ्रान्स २१ अाैं विश्वकपको फाइनलमा

नेपाल जर्नल । बेल्जियमलाई १-० गाेलले पराजित गर्दै फ्रान्स फिफा विश्वकपको फाइनलमा पुगेकाे छ । मंगलबार राति भएकाे प्रतिस्पर्धात्मक खेलमा बेल्जियम फ्रान्ससंग स्तब्ध बन्याे ।

दुवै टाेलीले एक अर्का विरूद्ध गाेलका लागि थुप्रै अवसरहरू सृजना गरे पनि खेलमा पहिलाे गाेलका लागि ५१ अाैं मिनेट पर्खिनु पर्याे । अन्तत फ्रान्सका डिफेन्डर सामुयल उम्टिटीको गोल नै प्रतियाेगिताकाे निर्णायक गाेल बन्याे ।

ग्रिजम्यानकाे कर्नर किकलार्इ उम्टिटीले हेड मार्फत जालि चुमाएका थिए । बलियाे डिफेन्स लाइन र अाक्रामक अट्याकिङ सैलिमा प्रस्तुत भएकाे फ्रान्सले अग्रता पछि भने अाफ्नाे डिफेन्समा बार नै लगाएकाे थियाे ।

खेलमा अधिकांश समय बल अाफ्नाे पक्षमा राखेकाे बेल्जियमले फ्रान्सकाे डिफेन्स ताेड्न धेरै प्रयास नगरेकाे हाेइन तर सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "फ्रान्स २१ अाैं विश्वकपको फाइनलमा"

Leave a comment