एकसाथ ६० वटी श्रीमती सम्हाल्दै आइरहेका छन् यि व्यक्ति

आजको समयमा केटाहरुलाई एउटी गर्लफ्रेन्ड सम्हाल्न त मुस्किल हुने गर्दछ । अझै दुईजना श्रीमती भएका पुरुषको त जीवन नै यता न उताको हुने गर्दछ । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि रहेका छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई सम्हाल्दै आइरहेका छन् ।

पति पत्नीका बीचमा उसै त कति धेरै सानातिना झैझगडा हुने गर्दछन् यस्तोमा यदि पतिसँग एकसाथ ६० जना पत्नीहरु रहेका छन् भने ती पुरुषको हालत के होला? सामान्य रुपमा सोच्दा नै पत्याउनै मुस्किल पर्ने गर्दछ । पत्नीलाई सम्हाल्नका लागि राजा महाराजादेखि ठूला ठूला भीआईपीको पनि पसिना छुट्ने गर्दछ तर यि व्यक्ति ६० जना पत्नीको नखरा एकसाथ सम्हाल्दै आइरहेका छन् ।

खासमा यि व्यक्ति कुनै आम व्यक्ति नभई कोन्याक जनाजातिका राजा रहेका छन् । उनको नाम अंग नगोवांग हो । उनको अधिनमा कूल ७५ वटा गाउँ रहेका छन् । यस गाउँको आधा हिस्सा भारत र आधा हिस्सा म्यानमारमा रहेको छ । यो राज्यका मानिसहरु म्यान्मारमा खाना खान्छन् र सुत्नका लागि भारतमा जाने गर्दछन् ।

यी राजाका छोरा म्यान्मारको सेनासँग आबद्ध छन् । उता यि गाउँका मानिसहरुलाई भारत र म्यान्मार दुबै देशको नागरिकता दिइएको छ । यस गाउँका मानिसहरु निकै खुसीसाथ रहने गर्दछन् ।

उनीहरु म्यानमार वा भारत जहाँ चाह्यो त्यहीँ काम गर्न सक्छन् । यस जनजातिका मानिसहरुको आफ्नै अलग रीतिरिवाज रहेको छ ।

राजा अंग नगोवांग आफ्ना ६० जना पत्नीका साथ निकै मजामा आफ्नो जीवन गुजारा गरिरहेका छन् । राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र उनी आफ्ना पत्नीहरुका सबै इच्छा पूरा गरिदिन्छन् । उता ६० वटी पत्नीहरु पनि मिलिजुली राजाको स्याहार तथा हेरचाह गर्दै आइरहेका छन् । उनीहरु राजाको हरेक इच्छा पुरा गरिदिन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एकसाथ ६० वटी श्रीमती सम्हाल्दै आइरहेका छन् यि व्यक्ति"

Leave a comment